Sunday, July 26

भूमि विधेयक संविधान विपरीत छ : उपेन्द्र यादव

नेपालअखबार,काठमाडाैं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्रले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक संविधान विपरीत रहेको बताएका छन् ।

Advertisement

आइतबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

Advertisement
Advertisement

‘यो असंवैधानिक छ, गैरकानुनी छ, देश र जनताविपरीत छ’, अध्यक्ष यादवले भने, ‘प्रदेशको क्षेत्राधिकारभित्र पर्ने विषयमा प्रदेशको अनुमती लिनुपर्छ, यो भएको छैन, यसकारण यो संविधानको धारा १०९ अनुसार छैन ।’

Advertisement

प्रस्तावित विधेयक फिर्ता लिन आग्रह गर्दै उनले भने, ‘जस्ताको तस्तै पारित गर्नुभयो भने हामी कोर्टमा जान्छौं ।’

अदालतमा मुद्दा परे अदालतबाट बदर हुने जिकिर गर्दै उनले सुकुम्बासीलाई जग्गा दिन प्रचलित ऐन बाधक नरहेको र नयाँ ऐन आवश्यक नरहेको बताए ।

भूमाफियालाई फाइदा पुग्ने गरी विधेयक आएको उनको दाबी छ । भूमि ब्यबस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई उनको प्रश्न छ , ‘कसको स्वार्थका लागि यो विधेयक ल्याउनुभयो ?’