Sunday, July 26

एकै परिवारका १६ जना सम्पर्कविहीन

नेपालअखबार,सिन्धुली।  सिन्धुलीमा एउटै घरबाट १६ जना हराएका छन्।

Advertisement

सिन्धुलीको गोलाञ्जोर गाउँपालिका वडा नम्बर ६ बागेश्वरका १६ जना सदस्य भएको परिवार नै सम्पर्कविहीन भएका हुन्।

Advertisement
Advertisement

वडाध्यक्ष रबिन श्रेष्ठले सामाजिक सञ्जालमा पोस्ट गरेर त्यसको जानकारी दिएका छन्।

Advertisement

उनले घरमा चौपायामात्रै अलपत्र छाडेर परिवारका सबै सदस्य सम्पर्कविहीन भएको बताएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले यसबारेमा बुझ्ने काम भइरहेको जनाएको छ। ‘हामी यसबारे बुझ्दैछौं, प्रहरीहरू पठाइएको छ,’ डिएसपी अनिल खड्काले  भने।

स्थानीयले आइतबारदेखि उनीहरू सम्पर्कविहीन भएको बताएका छन्।

वडासचिव गायत्री भन्डारीका अनुसार धेरै ऋण भएकाले उनीहरू सम्पर्कविहिन भएको अनुमान गाउँलेहरूको छ। तर यकिन कारण खुलिसकेको छैन।

‘ऋण धेरै रहेको र त्यसकै कारण परिवार नै बसाइँ सरेको हुन सक्छ भन्ने अनुमान गाउँलेहरूले गरेका छन्,’ उनले भनिन्।