Saturday, November 1

भूमि विधेयक बिचौलियाहरूले फाइदा उठाउने गरी आयो : सांसद जोशी

नेपालअखबार,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद भानुभक्त जाेशीले भूमि विधेयक भूमिहीनको नाममा बिचौलियाहरूले फाइदा उठाउने गरी आएको टिप्पणी गरेका छन् ।

Advertisement

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै सांसद जोशीले यस्तो टिप्पणी गरेका हुन् ।

Advertisement

विधेयक स्पष्ट रूपमा नआउँदा भूमिहीनको नाममा बिचौलियाहरूले घुसपैठ गर्न सक्ने खतरा रहेको भन्दै सांसद जोशीले विधेयकलाई अझै स्पष्ट बनाउन जरुरी रहेकोमा जोड दिए ।

उनले संविधानले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई भूमि उपलब्ध गराउने कुरा स्पष्ट रूपमा भनेको भएपनि कार्यान्वयन गर्न नसकिएको बताए । भूमिहीनलाई जग्गा उपलब्ध गराउने कुरामा सबै गम्भीर हुन जरुरी रहेको बताए ।

भूमिहीनलाई जग्गा उपलब्ध गराउने कुराको सुनिश्चितता गर्ने गरी विधेयक आउनुपर्नेमा सांसद जोशीले सरकारको ध्यानाकर्षण गराए ।