Saturday, April 18

बंगलादेशलाई लोकतन्त्रको संक्रमणमा नेपालको तर्फबाट पूर्ण सहयोग र समर्थन गर्ने : सञ्चारमन्त्री गुरुङ

नेपालअखबार,काठमाडौँ। आज काठमाडौंस्थित बंगलादेशी राजदूतावासमा ‘जुलाई जनआन्दोलन दिवस’को अवसरमा आयोजित कार्यक्रममा नेपाल सरकारका सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बंगलादेशलाई लोकतन्त्रको संक्रमणमा नेपालको तर्फबाट पूर्ण सहयोग र समर्थन गर्ने बताउनु भयाे । May be an image of 5 people, suit and wedding

सञ्चारमन्त्री गुरुङले आफ्नो विज्ञप्तिमा जुलाई जनआन्दोलनलाई ‘लोकतन्त्रका लागि बंगलादेशका जनताको सामूहिक इच्छा’ र नयाँ पुस्ताले सिर्जना गरेको गतिको संज्ञा दिनु भयाे ।सञ्चारमन्त्री गुरुङले व्यापार, लगानी, पर्यटन, सूचना तथा सञ्चार प्रविधि र जनताबीचको सम्पर्क लगायतका विभिन्न क्षेत्रमा भएको सहकार्यको स्मरण गर्दै यो अन्तरसम्बन्धित विश्वमा दुई मित्र राष्ट्रबीच नयाँ सहकार्यलाई थप प्रगाढ बनाउन पर्नेमा जोड दिनु भएकाे छ ।कार्यक्रममा सार्क महासचिवका विशेष अतिथिका रुपमा मोहम्मद गुलाम सरवरको उपस्थिति रहेको थियो । सार्कका महासचिवले जुलाई जनआन्दोलनलाई बंगलादेशको इतिहासमा अभूतपूर्व घटना भएको उल्लेख गर्नुभयो । उहाँले बंगलादेशका जनताको आर्थिक र राजनीतिक स्वतन्त्रताका लागि अन्तिम बलिदान दिने शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्नु भयाे ।May be an image of 1 person, dais and text that says 'Mass Uprising July Day 5 August 2025 Youths, take your stand, A heartening ear now bend; Doors that lead to death's 's portal, A Call to life extend! Kathmandu, Nepal'
कार्यक्रममा बंगलादेशका लागि नेपालका पूर्व राजदूत, प्रतिष्ठित व्यापारी तथा उद्यमी, चिकित्सक तथा अन्य पेशाकर्मीलगायत स्थानीय नागरिक समाजका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो । दिवसको अवसरमा सार्क सचिवालय, ICIMOD, युनिसेफलगायत क्षेत्रीय संघसंस्थाका पदाधिकारी/प्रतिनिधि र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।लामो समयदेखि चलेको अधिनायकवादी शासनबाट जनतालाई मुक्त गराउन जुलाईका लडाकुहरूको महान् भूमिकालाई स्मरण गर्दै बंगलादेशका राजदूत एम डी शफिकुर रहमानले सबै प्रकारका दमन र वञ्चितताका विरुद्ध उठेका युवा पुस्ता, विशेष गरी फासीवादी शासनको अन्त्य गरी देशमा प्रजातन्त्र पुनर्स्थापना गर्ने युवा पुस्ताको प्रशंसा गर्नु भएकाे छ। राजदूत रहमानले जुलाई जनविद्रोहमा वीरतापूर्ण भूमिका निर्वाह गरेकोमा प्रवासी बंगलादेशीहरूलाई धन्यवाद पनि दिनु भयाे । जनआन्दोलनलाई अवसरका रूपमा लिँदै उनले लोकतान्त्रिक र समृद्ध बंगलादेश निर्माणमा अन्तरिम सरकारको पहललाई सहयोग गर्न सबै सरोकारवालालाई आग्रह गर्नु भयाे ।May be an image of 7 people and crowd

Advertisement

आजको कार्यक्रम नेपाल र बंगलादेशको राष्ट्रिय गान बजाएर सुरु भएको थियो । त्यसपछि जनआन्दोलनका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै १ मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा बंगलादेशका माननीय राष्ट्रपति र माननीय मुख्य सल्लाहकारका सन्देशहरू पढेर सुनाइयो र “जुलाई अनिर्बान” शीर्षकको वृत्तचित्र देखाइएकाे थियाे।काठमाडौंस्थित बंगलादेश दूतावासले “जुलाई पुनरुत्थान समारोह-२०२५” को उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गर्दै आज ‘जुलाई जनआन्दोलन दिवस’ भव्यताका साथ मनाएको छ ।May be an image of 8 people, flower and weddingMay be an image of 5 peopleMay be an image of 7 people and dais