Sunday, September 27

सप्तकोसी नदीमा पानीको बहाव बढ्दो क्रममा, १९ ढोका खुला

नेपालअखबार, सुनसरी । पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी नदीमा कोसी बराज भएर बग्ने पानीको बहाव बढ्दै गएको छ।

Advertisement

सोमबार राति ८ः०० बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७४ हजार ४९४ क्युसेक प्रतिसेकेण्ड रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए।

Advertisement
Advertisement

सप्तकोसी नदीमा बहाव बढ्दो क्रममा रहेकाले ५२ वटा मूल र चार वटा नहरको गरेर ५६ वटा ढोकामध्ये १९ वटा ढोका खुला गरिएको छ भने खतराको संकेतस्वरूप रातो बत्ती बालिएको उनले बताए।

Advertisement