Thursday, July 30

पार्टी हितविपरीत टीकाटिप्पणी नगर्न एकीकृत समाजवादीकाे निर्देशन

नेपालअखबार, काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले आफ्ना नेता तथा कार्यकर्तालाई पार्टीको हितविपरीत टीकाटिप्पणी नगर्न र अनुशासन पालना गर्न निर्देशन दिएको छ।पार्टीका केही जिम्मेवार नेताहरू र कार्यकर्ताले सार्वजनिक रूपमा र सामाजिक सञ्जालमार्फत जथाभाबी अभिव्यक्ति दिँदै जनतामा भ्रम सिर्जना गर्न थालेपछि केन्द्रीय अनुशासन आयोगले यस्तो निर्देशन जारी गरेको जनाएकाे हो। आयोगका अध्यक्ष शिवबहादुर देउजाका अनुसार पार्टी स्वाभिमान र जनविश्वास कायम राख्न सबै नेता तथा कार्यकर्ताले अनुशासन विपरीत गतिविधि तत्काल बन्द गर्नुपर्ने बताए।

Advertisement

उनले पार्टीका धारणा, निर्णय वा नीति सम्बन्धी सुझाव, टिप्पणी वा फरक मत सङ्गठित कमिटीको बैठकमार्फत मात्र पेश गर्नुपर्ने बताए ।

Advertisement
Advertisement

हालै पार्टीका शीर्ष नेताबिच वैचारिक मतभेद बढेपछि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फरक फरक अभिव्यक्ति देखिन थालेका छन्। यसै कारण पार्टीले आन्तरिक विवादलाई सार्वजनिक नगर्न कडाइका साथ आग्रह गरेको हो।

Advertisement