Saturday, November 1

जेनजी आन्दोलनमा आगजनी गर्ने युवक पक्राउ

नेपालअखबार,काठमाडौं । जेनजी आन्दोलनका क्रममा थानकोटस्थित प्रहरीको चेकपोस्टमा आगजनी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

Advertisement

प्रहरीले मकवानपुर थाहा नगरपालिका–९ चित्लाङ घर भएका ४४ वर्षीय को किरण लामालाई आगजनी गरेको आरोपमा पक्राउ गरेको हो ।

Advertisement

काठमाडौं चन्द्रागिरी नगरपालिका–२ बाडभन्ज्याङ बस्दै आएका लामालाई फोटो–भिडियोको आधारमा पहिचान गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लामालाई प्रहरी वृत्त थानकोटमा राखिएको छ ।