Thursday, July 9

कांग्रेसको सदस्यता नवीकरण प्रणाली २९ पुसको मध्यरातमा ‘लक’ हुने

नेपालअखबार,काठमाडौं। नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले २९ मंसिरको मध्यरातमा सदस्यता नवीकरण प्रविष्ट गरिने प्रणाली ‘लक’ गर्ने भएको छ ।

Advertisement

महामन्त्री गगन थापा संयोजकत्वमा रहेको समितिको बिहीबार बसेको बैठकले २९ मंसिर राति १२ बजेदेखि क्रियाशील सदस्यता नवीकरण प्रविष्ट गरिने प्रणाली ‘लक’ गर्ने निर्णय गरेको हो।

Advertisement
Advertisement

समिति सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले भने, ‘पुस २९ गते राति १२ बजे सिस्टम लक हुन्छ । त्यसपछि जिल्लाले ईन्ट्री गर्न पाउँदैनन्।’

Advertisement

समितिले नवीकरणको ‘डाटा इन्ट्री’ का लागि ७७ वटै जिल्ला सभापतिहरूलाई ‘आईडी’ र ‘पासवर्ड’ उपलब्ध गराएर काम गरिरहेको छ ।

समितिले आगामी आइतबार बैठक बसेर पार्टीका विदेशस्थित जनसम्पर्क समितिका क्रियाशील सदस्यताको अवस्थालगायतको विषयमा निर्णय गर्ने सदस्य रसाइलीले जानकारी दिए ।

‘आइतबार जनसम्पर्क समितिका क्रियाशील सदस्यताको अवस्था, तलबाट प्रतिवेदन लिएर समीक्षा गरेर आगामी कदमबारे निर्णय गर्छौं,’ उनले भने ।

समितिले यसअघि गरिएको परिपत्रअनुसार नयाँ क्रियाशील सदस्यता वितरण भए–नभएको बारे जानकारी लिने पनि निर्णय गरेको छ । जसका लागि केन्द्रीय कार्यालयका सात जना सहसचिवहरू खटाउने निर्णय गरिएको छ ।

‘नयाँ क्रियाशील सदस्यता फारम २५ प्रतिशत र ७५ प्रतिशत दुई पटक गरी पठाएका छौं । परिपत्र गर्दा हामीले वडा, गाउँनगर, प्रदेश क्षेत्रीय सभापतिहरूको बैठक राखेर वितरण गर्ने भनेका छौं,’ रसाइलीले भने, ‘त्यो कार्यान्वयन भइरहेको छ कि छैन भनेर सचिवालयबाट सात जना सहसचिवहरूले चेक गर्नुहुन्छ। हामी पनि चेक गर्छौं।’