Thursday, July 9

कांग्रेसले सातै प्रदेशमा चुनावी समीक्षा गर्ने, यी नेताहरूले पाए जिम्मेवारी

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा चुनावी समीक्षा गर्ने भएको छ।

Advertisement

केन्द्रीय कार्यसमितिको चैत्र १० र ११ गते सम्पन्न बैठकको निर्णयानुसार निर्वाचन समीक्षा र कांग्रेसको अबको बाटो सन्दर्भमा ७ वटै प्रदेशमा समीक्षा बैठक हुन लागेको महामन्त्री प्रदीप पौडेलको भनाइ छ।

Advertisement
Advertisement

कांग्रेसको तर्फबाट १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग निर्वाचन समीक्षात्मक छलफल र केन्द्रीय प्रतिनिधिको उपस्थितिमा १६५ वटै क्षेत्रमा क्षेत्रगत अध्ययन र समीक्षा गरिने कांग्रेसले जनाएको छ।

Advertisement

यसका लागि सातै प्रदेशमा संयोजक तोकिएका छन्।

संयोजकसँग आवश्यक समन्वय गरी सम्बन्धित प्रदेशअन्तर्गत रहेका केन्द्रीय कार्यसमितिका सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, जिल्ला सभापति, प्रतिनिधि सभा क्षेत्रीय सभापति, प्रदेश सभा सदस्य, प्रदेश सभा क्षेत्रीय सभापति र प्रतिनिधि सभाका प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारको उपस्थितिमा सम्बन्धित जिल्ला कार्यसमितिले कार्यक्रमको व्यवस्थापन गर्ने कांग्रेसले जनाएको छ।

  • कोशी प्रदेश विराटनगर २०८२ चैत्र २३ गते डिला संग्रौला पन्त
  • मधेस प्रदेश जनकपुर २०८२ चैत्र २५ गते फरमुल्लाह मंसुर
  • बागमती प्रदेश हेटौडा २०८३ वैशाख ७ गते बहादुर सिंह लामा
  • गण्डकी प्रदेश पोखरा २०८२ चैत्र २७ गते देवराज चालिसे
  • लुम्बिनी प्रदेश दाङ २०८२ चैत्र २९ गते योगेन्द्र चौधरी
  • कर्णाली प्रदेश सुर्खेत २०८३ वैशाख ३ गते कर्णबहादुर बुढा
  • सुदूरपश्चिम प्रदेश कैलाली २०८३ वैशाख ५ गते प्रकाश रसाइली स्नेही