Friday, July 3

कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपालअखबार, काठमाडौं ।  नेपाली कांग्रेस संसदीय दल बैठक बस्ने भएको छ।

Advertisement

आज सिंहदरबारस्थित संसदीय दल कार्यालयमा बैठक बस्ने भएको हो।

Advertisement
Advertisement

आजै दिउँसो २ बजेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दैछ। त्यसअघि कांग्रेस संसदीय दल बैठक बस्न लागेको हो।

Advertisement

सांसद प्रकाशसिंह कार्कीका अनुसार आज बिहान साढे ११ बजे संसदीय दल बैठक बस्दैछ।

आज प्रतिनिधि सभामा शीर्ष नेता बोल्ने तयारी छ। कांग्रेसबाट पूर्वसहमहामन्त्री तथा सांसद भीष्मराज आङ्देम्बे बोल्ने तयारी रहेको नेताहरूले बताएका छन्।

प्रतिनिधि सभामा कांग्रेसका ३८ जना सांसद छन्। कांग्रेसले संसदीय दल नेता चयन गरिसकेको छैन।