Friday, July 3

डुम्रे–बेँसीसहर सडक दैनिक ८ घण्टा बन्द हुने

नेपालअखबार, तनहुँ। डुम्रे-बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ।

Advertisement

भानु नगरपालिका–३ कुकुर्दीदेखि तुरतुरेसम्मको सडक विस्तारका निम्ति यही चैत २१ देखि ३० गतेसम्म दैनिक आठ घण्टा सडक अवरुद्ध गरी काम गर्न लागिएको हो।

Advertisement
Advertisement

जिल्ला प्रशासन कार्यालयका अनुसार मध्याह्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म र बेलुका ५ बजेदेखि  राति ९ बजेसम्म सडक बन्द हुनेछ।

Advertisement

उक्त कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ।