Saturday, July 18

गुडिरहेको कारमाथि ढुंगा खसेपछि लाग्यो आगो

नेपालअखबार,चितवन । गुडिरहेको कारमा ढुंगा खसेर आगलागी भएको छ।

Advertisement

चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा गुडिरहेको कारमा ढुंगा खसेर आगो लागेको हो।

Advertisement
Advertisement

बिहीबार सडक माथिबाट खसेको ढुंगा लागेर कारको पेट्रोल ट्याङ्की फुट्दा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी रवीन्द्र खनालले जानकारी दिए।

Advertisement

अपराह्न सवा ३ बजेतिर इच्छाकामना–५ स्थित तुइनखोलामा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको कारमा माथिबाट अचानक ढुंगा खसेको थियो।

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको खनालले बताए।