
नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामालाई पक्राउ गर्न माग गरेको पोस्ट आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा एक पोस्ट गरेका छन्।
कुनै प्रमाण बिना नै ओबामामाथि देशद्रोहको आरोप लगाएर पक्राउको माग गरिएको सो पोस्ट ट्रम्पले साझा गरेको भनेर द वाशिङटन पोस्टले लेखेको छ।
उनले चीन भ्रमणका लागि प्रस्थान गर्नु अघि गरेका धेरै पोस्ट गरिरहेका छन्। यसबीच उनले सो पोस्ट साझा गरेका हुन्।
पोस्टले ओबामा सरकारले ट्रम्पको सन् २०१६ को चुनावी अभियानमा जासुसी गरेको भनेर ट्रम्पले वर्षौंदेखि उठाउँदै आएको दाबी समावेश थियो।
‘ती सबैलाई पक्राउ गर। सबैमाथि मुद्दा चलाऊ। धोकाधडी, देशद्रोह र अमेरिकी सरकार ढाल्न गरिएको विद्रोही षडयन्त्रका लागि सबैलाई एकैसाथ जेल हाल। तर सबैभन्दा पहिले, बाराक ओबामालाई,’ पोस्टको अन्त्यमा लेखिएको थियो।
सन् २०१६ मा पहिलो कार्यकालका लागि ट्रम्प चुनाव लड्दा ओबामा राष्ट्रपति थिए।
ट्रम्पले गत वर्ष जुलाईमा पनि ओबामालाई ओभल अफिसमा गिरफ्तार गरिएको देखाउने एउटा नक्कली भिडिओ रिपोस्ट गरेका छन्। आर्टिफिसियल इन्टेलिजेन्सको (एआई) प्रयोग गरेर बनाइएको छोटो भिडिओ टिकटकमा पोस्ट गरिएपछि ट्रम्पले ट्रुथ सोसलमा रिपोस्ट गरेका थिए।
गत फेब्रुअरीमा पनि ट्रम्पले ओबामा दम्पतीलाई बाँदरका रूपमा देखाएको एआइबाट सिर्जित भिडिओ ट्रुथ सोसलमा राखेका थिए। ट्रम्पको जातिवादी मानिसकतालाई लिएर चर्को आलोचना भएपछि सो भिडियो सार्वजनिक भएको १२ घन्टापछि हटाएका थिए।
एआईबाट बनाइएको एक मिनेट लामो उक्त भिडिओको अन्तिममा अमेरिकी पूर्वराष्ट्रपति ओबामा र उनकी श्रीमती मिशेल ओबामालाई बाँदरका रूपमा देखाइएको थियो।
एआई सिर्जित भिडिओमा ट्रम्पले आफूलाई सिंह र डेमोक्र्याटहरूलाई उसका सहयोगी पात्रहरूका रूपमा देखाइएको थियो। भिडियोको अन्त्यतिर ओबामा दम्पतीको टाउको जोडेर बाँदर नाचिरहेको जस्तो देखिने एआईबाट बनाइएको दृश्य राखिएको थियो।

