Saturday, June 13

चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान

नेपालअखबार,काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चुनावी परिणामलाई लिएर हार नमानेको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष घिसिङले चुनावमा सोचेजस्तो परिणाम नआए पनि हार नमानेको भन्दै पार्टीलाई थप बलियो र देशव्यापी बनाएर लैजाने बताए ।

Advertisement

उनले पछिल्लो निर्वाचन आफूहरूका लागि अनुभव र सिकाइ भएकाले यो सफलताका लागि पहिलो खुट्किलो भएको धारणा राखे ।

जनताको विश्वास र माया आफूहरू नगुमाएको भन्दै उनले आगामी दिनमा जनताको विश्वासलाई नै शक्तिमा परिणत गर्ने बताए । उनले सदस्यता वितरण गर्नको लागि अभियानको रूपमा नै अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।