
नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसले नागरिक अगुवा तथा पूर्वअर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति दुःख व्यक्त गरेको छ ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले शनिबार शोक वक्तव्य जारी गरेर नागरिक अगुवा पाण्डेको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।
‘नागरिक अगुवा, पूर्वअर्थमन्त्री तथा लोकतान्त्रिक आन्दोलनका अथक योद्धा डा. देवेन्द्रराज पाण्डेको साउन १ गते शुक्रबार साँझ भएको दुःखद निधनको खबरले म अत्यन्त मर्माहत भएको छु,’ शोक वक्तव्यमा भनिएको छ ।
पाण्डेको निधनसँगै मुलुकले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतान्त्रिक मूल्यका दृढ पक्षधर गुमाएको कांग्रेसको भनाइ छ ।
‘नेपालमा लोकतन्त्रको सुदृढीकरण, नागरिक स्वतन्त्रता, मानव अधिकार, सुशासन, पारदर्शिता र उत्तरदायी शासन व्यवस्थाको पक्षमा उहाँले पु¥यानउनु भएको योगदान इतिहासमा सदैव सम्मानका साथ स्मरण गरिने छ,’ आङ्देम्बेले भनेका छन् ।
२०६२÷०६३ को जनआन्दोलनका क्रममा नागरिक समाजका तर्फबाट पाण्डेले खेलेको नेतृत्वदायी भूमिका तथा निरंकुशताविरुद्ध निरन्तर उठाएको निर्भीक आवाज लोकतान्त्रिक आन्दोलनका अमूल्य सम्पत्ति रहेका कांग्रेसको ठहर छ ।




