
नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरुसँग छलफल गर्दैछन् । ११:३० बजे छलफल कार्यक्रम राखिएको हो ।
नेपालको हस्तकला, त्यसको विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले महासंघका प्रतिनिधिसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलको कार्यक्रम राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ लगायत सहभागी हुनेछन् ।
प्रधानमन्त्री बालेनले सुरुमा उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरुसँग सामूहिक छलफल गरेका थिए ।
नेपाल निर्माण व्यवसायी, फुटवेयर एसोसिएसन, सेयर लगानीकर्ता तथा सरोकारवाला, तयारी पोसाक उद्योग संघ लगायतका प्रतिनिधिहरुसँग पनि उनले छलफल गरेका थिए ।
यी छलफलहरुमा अर्थ मन्त्री र अन्य सम्बन्धित मन्त्रीहरुलाई भने सहभागी गराइएको छैन ।




