Tuesday, July 28

भानुभक्त र घाँसीको सालिक तोडफोड गर्ने एक जना पक्राउ

नेपालअखबार, लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकामा आदिकवि भानुभक्त आचार्य र प्रेरणादायि घाँसी खड्क बहादुर ठाडा मगरको सालिक तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

Advertisement

पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका वडा नं. ०७ स्थायी घर भएका ३४ वर्षीय रोशन कुँवर रहेका छन्।

Advertisement
Advertisement

गत साउन ०७ गते राती करिब २२:३० बजेको समयमा मध्यनेपाल नगरपालिका वडा नं. ०४ दुईपिप्ले बगैँचा रिस्ति खोलापुल नजिकै रहेको भानु घाँसी संवाद पार्कभित्रका सालिकहरूमा अज्ञात व्यक्तिहरूले तोडफोड गरी क्षति पुर्‍याएका थिए। घटनाको अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माको कमाण्डमा खटिएको टोलीले साउन ०८ गते कुँवरलाई पक्राउ गरेको हो।

Advertisement

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर क्षेत्रीका अनुसार पक्राउ परेका कुँवरलाई जिल्ला अदालतबाट आपराधिक उपद्रव मुद्दामा ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।