Monday, July 27

बैतडीमा घाँस काट्ने क्रममा ढुंगा लागेर महिलाको मृत्यु

नेपालअखबार, बैतडी । बैतडीमा घाँस काट्ने क्रममा ढुंगा लागेर एक जनाको मृत्यु भएको छ।

Advertisement

मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–१ कि २२ वर्षीया अस्मिता भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।

Advertisement
Advertisement

उनका अनुसार आज बिहान करिब ९ः३० बजे सुर्नया गाउँपालिका–२ कैलडाँडा क्षेत्रमा घाँस काटिरहेका बेला माथिबाट खसेको ढुङ्गा लागेर भट्टको घटनास्थलमै मृत्यु भएको थियो।

Advertisement

घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता सिंहले बताए।