Wednesday, July 29

अमेरिकी–साउदी संयुक्त हवाई आक्रमणमा इराकको पपुलर मोबिलाइजेसन फोर्सेजका अड्डा निशानामा

नेपालअखबार, बगदाद । बुधबार बिहान अमेरिका र साउदी अरबले आफ्ना विभिन्न सैन्य अड्डामाथि संयुक्त हवाई आक्रमण गरेको इरान समर्थित इराकी सशस्त्र समूह पपुलर मोबिलाइजेसन फोर्सेजले जनाएको छ । पपुलर मोबिलाइजेसन फोर्सेजले जारी गरेको विज्ञप्तिअनुसार प्रारम्भिक विवरणमा आक्रमणमा धेरै व्यक्तिको मृत्यु तथा घाइते भएको छ भने केही भवनमा पनि क्षति पुगेको छ । यद्यपि मृतक र घाइतेको यकिन संख्या सार्वजनिक गरिएको छैन ।

Advertisement

समूहले उक्त आक्रमणलाई इराकको सार्वभौमिकतामाथिको गम्भीर उल्लङ्घन तथा देशका आधिकारिक सुरक्षा निकायमाथिको हमला भएको भन्दै कडा निन्दा गरेको छ । उता अमेरिकी सेना र साउदी अरबको सेनाले भने इराकमा रहेका इरान समर्थित सशस्त्र समूहहरूमाथि संयुक्त आक्रमण गरिएको पुष्टि गरेका छन् । उनीहरूका अनुसार अमेरिकी सैनिक र साउदी अरेबियाको तेल पूर्वाधारमाथि भएका आक्रमणको जवाफस्वरूप यो सैन्य कारबाही गरिएको हो ।

Advertisement
Advertisement

के हो पपुलर मोबिलाइजेसन फोर्सेज ?

Advertisement

पपुलर मोबिलाइजेसन फोर्सेज इराकको आधिकारिक सुरक्षा संरचनाभित्र रहेको छाता संगठन हो, जसमा मुख्यतः सिया अर्धसैनिक समूहहरू आबद्ध छन् । इरानले यस संगठनमार्फत इराकमा आफ्नो प्रभाव विस्तार गर्दै आएको पश्चिमी देशहरूको आरोप छ ।

यस संगठनको स्थापना सन २०१४ मा आईएसआईएसले इराकका ठुला भूभाग कब्जा गर्न थालेपछि गरिएको थियो । त्यसबेला सरकारले नागरिकलाई सरकारी सुरक्षाबलसँग मिलेर लड्न आह्वान गर्दै स्वयंसेवक र विभिन्न सशस्त्र समूहलाई एउटै संरचनामा समेटेको थियो ।

पपुलर मोबिलाइजेसन फोर्सेजले आईएसआईएसविरुद्धको युद्धमा महत्त्वपूर्ण भूमिका खेलेको थियो । त्यसपछि सन २०१६ मा यसलाई औपचारिक रूपमा इराकको राज्य सुरक्षा संयन्त्रमा समावेश गरिएको थियो ।

यस संगठनभित्रका केही शक्तिशाली समूहहरूको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)सँग घनिष्ठ सम्बन्ध रहेको मानिन्छ । ती समूहहरू तेहरान नेतृत्वको एक्सिस अफ रेजिस्टेन्स गठबन्धनको हिस्सा हुन्, जसमा हिजबुल्लाह (लेबनान), हमास (गाजा) र हुथी (यमन)लगायत समूह पनि समावेश छन् ।