Thursday, July 30

राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबिच बिहीबार भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतल निवास पुगेर सभामुख अर्यालले बिहान राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।  भेटका क्रममा सभामुख अर्यालले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति र संसदीय कामकारबाहीका विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराएका राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दिएको छ ।

Advertisement

संसद्मा भइरहेका गतिविधि, विधेयकहरूको अवस्था र सदनलाई प्रभावकारी बनाउने विषयमा समेत उनीहरूबिच संवाद भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

Advertisement
Advertisement

राष्ट्रपति पौडेलले संसदीय अभ्यासलाई थप बलियो बनाउन र लोकतान्त्रिक मूल्य मान्यताको संवर्द्धनमा संसद्को भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरेका हुन् । नियमित भेटघाटकै क्रममा भएको यस वार्तामा समसामयिक राजनीतिक विषयवस्तुमा समेत संक्षिप्त चर्चा भएको सचिवालयले बताएको छ ।

Advertisement