Friday, August 28

चिनियाँ पक्षको सूचना : निरन्तर निगरानीमा छौं, विस्फोटक बहाबको जोखिम कम हुनसक्छ

नेपालअखबार, काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेपछि त्यसको नियमित नगरानी गरिरहेको सूचना चिनियाँ पक्षले पठाएको छ । सरकारी स्रोतका अनुसार ताल फूटेर पानीको बहाब बढ्दै गए पनि तत्काल ठूलो बाढी (आउटबर्स्ट) को जोखिम कम रहेको आंकलन गरेको छ ।

Advertisement

चिनियाँ पक्षले नेपाली अधिकारीलाई पठाएको सन्देशमा छ’,तालबाट पानी निरन्तर ओभरफ्लो भइरहेको छ र पानीको मात्रा बढेसँगै तालको आकार पनि ठूलो हुँदै गएको छ। यद्यपि, अहिलेको अवस्थामा ठूलो पानीको विस्फोटक बहाव हुने जोखिम कम छ ।’यसअघि तालभन्दा तल्लो क्षेत्रमा बरफ–चट्टान (आइस रक) खस्ने घटना भएको चिनियाँ पक्षले घटनास्थलको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। थप जानकारी प्राप्त भएमा त्यसबारे जानकारी गराउने पनि चिनियाँ पक्षले बताएको छ।

Advertisement
Advertisement

Advertisement