Saturday, September 19

सिराहामा ट्रकले किचेर एक पैदलयात्रीको मृत्यु

नेपालअखबार,  सिराहा । सिराहामा ट्रकले किचेर एक पैदलयात्रीको मृत्यु भएको छ। पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नरहा गाउँपालिका ३ चोहर्वामा ना.४ ख ८५०४ नम्बरको मालबाहक ट्रकले किचेर स्थानीय पैदल यात्री करिब ५५ वर्षीय रामपृत मण्डलको मृत्यु भएको हो।

Advertisement

पूर्वबाट पश्चिम तर्फ गइरहेको ट्रकले पैदल यात्रीलाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। किच्ने ट्रक र चालक प्रहरीले नियन्त्रणमा लिएको छ। शवको घटनास्थल मुचुल्का उठाउने कार्य भइरहेको र पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल सिराहा लाने तयारी भइरहेको प्रहरीले बताए।

Advertisement
Advertisement

Advertisement