Wednesday, April 22

शनिबारको मौसम पूर्वानुमान, यी स्थानमा चट्याङ्गसहित वर्षा

नेपाल अखबार, पाेखरा। जल तथा मौसम विज्ञान विभागले शनिबारको मौसम पूर्वानुमान बुलेटिन  जारी गर्दै आज मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको जनाएको छ ।
मौसम विज्ञान विभागले प्रदेश नं २ मा र प्रदेश नं ५ का केहि भूभागहरुमा आंशिक बदली रहेको छ भने बांकी भूभागहरुमा  समान्य देखि पूर्ण बदली रहेको र बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा बर्षा भइरहेको जनाएको छ ।
यसैगरी, दिउँसो देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै, प्रदेश १, बागमती प्रदेश,गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
यस्तै, राति  देशका अधिकांश भू(भागमा सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
र, प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका  थोरै–थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *