Saturday, November 1

भक्तपुरको केमिकल उद्योगमा आगलागी

नेपाल अखबार, काठमाडौं । भक्तपुरको मध्यपुर थिमिमा रहेको निकोसेरामा एक केमिकल उद्योगमा आगलागी भएको छ । युनाइटेड नेपाल केमिकल प्रा.लि.मा आगलागी भएको हो ।
भक्तपुर प्रहरीका डीएसपी दीपक गिरीका अनुसार अहिले आगो नियन्त्रणका लागि भक्तपुरको दुई र ललितपुरको एउटा दमकल परिचालन गरिएको छ ।

Advertisement
साथै, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी पनि आगो नियन्त्रणका लागि खटिएका छन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *