अस्कर २०२६ : ‘वन ब्याटल आफ्टर एनदर’ बन्यो सर्वश्रेष्ठ फिल्म (सूचीसहित)
नेपालअखबार, लस एन्जलस । फिल्म ‘वन ब्याटल आफ्टर एनदर’ सन् २०२६ को अस्कर अवार्डमा सर्वश्रेष्ठ फिल्म (बेस्ट पिक्चर) घोषित भएको छ ।
अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजित ९८औँ एकेडेमी अवार्ड समारोहमा वार्नर ब्रदर्स स्टुडियोको यो फिल्मले सबैभन्दा ठूलो सम्मान हात पारेको हो ।
यो फिल्मले सर्वश्रेष्ठ फिल्मसँगै उत्कृष्ट निर्देशक विधामा पनि सफलता हासिल गरेको छ । निर्देशक पल थोमस एन्डरसनले यस फिल्मका लागि उत्कृष्ट निर्देशकको अवार्ड जितेका हुन् ।
साथै, फिल्मले अन्य प्राविधिक विधाहरूमा समेत अवार्ड जित्दै यस वर्षको अस्करमा उल्लेखनीय सफलता हासिल गरेको छ ।
‘वन ब्याटल आफ्टर एनदर’को कथा राजनीतिक तनाव, सामाजिक द्वन्द्व र व्यक्तिगत संघर्षको पृष्ठभूमिमा अघि बढ्छ । कथाले सत्ता, आन्दोलन र व्यक्तिको नैतिक निर्णयबीचको टकरावलाई चित्रण गर्छ ।
बहुस्तरीय कथा, शक्तिशाली अभिनय र निर्देशकको सशक्त प्र...










