अचानक बेहोस भए बलिउड अभिनेता गोविन्दा, अस्पतालमा भर्ना
नेपालअखबार,मुम्बई । बलिउड अभिनेता गोविन्दालाई मुम्बईस्थित एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनी मंगलबार राति अचानक बेहोस भएका थिए ।
गोविन्दाका सहयोगी तथा कानुनी सल्लाहकार ललित बिन्दलका अनुसार मंगलबार राति करिब साढे आठ बजे आफ्नै घरमा उनी बेहोस भएका थिए ।
सुरुमा चिकित्सकको सल्लाह अनुसार घरमै औषधि दिइए पनि स्वास्थ्यमा सुधार नआएपछि राति १ बजे गोविन्दालाई क्रिटीकेयर अस्पतालमा लगिएको हो ।
बिन्दलका अनुसार चिकित्सकले उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताएका छन् । चिकित्सकले गोविन्दाको स्वास्थ्य परीक्षण गरिरहेको उनले जानकारी दिए ।
गोविन्दा गत वर्ष घरमै राखेको पेस्तोलबाट निस्किएको गोली लागेर घाइते भएका थिए । त्यतिवेला पनि उनलाई क्रिटीकेयर अस्पतालमै उपचारका लागि भर्ना गरिएको थियो ।
गोविन्दाको उपचारमा संलग्न चिकित्सक दीपक नामजोशीका अनुसार राति नै आवश्यक स्वास्थ्य परीक्षण गरिएको...










