Friday, August 21

सामान्य अवस्थाका स‌ंक्रमितलाई अस्पतालमा नराख्नु : स्वास्थ्य मन्त्रालय

नेपाल अखबार, काठमाडाैं। सरकारले देशभरिका कोभिड अस्पतालमा उपचाररत लक्षण नभएका र सामान्य लक्षण भएका कोरोना संक्रमितलाई डिस्चार्ज गर्न पत्राचार गरेको छ।
कोभिड अस्पतालमा रहेका लक्षण नभएका र सामान्य लक्षण भएका बिरामीको १० दिनमा पीसीआर परीक्षण गरी डिस्चार्ज गर्न पत्राचार गरिएको हो।
सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय र देशभरीका कोभिड अस्पताललाई पत्राचार गरी १० दिनमा परीक्षण गरी डिस्चार्ज गर्न र पोजेटिभ आएमा थप चार दिन अस्पतालमा राखि परीक्षण नै नगरी डिस्चार्ज गर्न पत्राचार गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
१० दिनपछि गरिएको परीक्षण पोजेटिभ आएपनि लक्षण नभएका सामान्य लक्षण मात्रै भएका विरामीलाई थप ४ दिन अस्पतालमा राखेर १४ औं दिन परीक्षण नगरी डिस्चार्ज गर्नुपर्ने उनले बताए। स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले गरेको पत्राचार अनुसार बिरामी डिस्चार्ज नभएमा सरकारले सोधभर्ना नव्यहोर्ने पनि उनले बताए।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *