Wednesday, April 22

पाकिस्तानमा भिषण बाढी र पहिरोमा परी ३० जनाको मृत्यु

नेपाल अखबार, एजेन्सि ।  पाकिस्तानमा भिषण बाढी र पहिरो आएको बताइएको छ। केही दिनयता त्यहाँ जारी वर्षाका कारण बाढीको प्रकोप देखिएको हो।

पाकिस्तानको कराँचीमा बाढीले बढी क्षति पु¥याएको समाचारमा जनाइएको छ।
प्राप्त पछिल्लो समाचारअनुसार बिहीबार र शुक्रबार जारी रहेको अविरल वर्षा र त्यसपछिको बाढीले गर्दा त्यहाँ कम्तीमा पनि ३० जना नागरिकको ज्यान गएको बताइएको छ।
पाकिस्तानको एक पत्रिका ‘डन’ले दिएको जानकारीअनुसार पाकिस्तानमा गएको कम्तीमा पनि ९० वर्षको रेकर्डभन्दा पनि बढी वर्षा भएको छ।
कराँचीको मौसम विभागले दिएको जानकारीमा उक्त नगरमा पहिलो पटक १२ घन्टामा नै निकै भारी मात्रामा पानी परेको थियो। भारी वर्षा र बाढीले कराँची शहरलाई ठूलो क्षति पु¥याएको छ। त्यहाँ हजारौँको संख्यामा सैनिकलाई उद्धारको लागि परिचालन गरिएको छ।
बाढीमा फसेका सयौँ व्यक्तिलाई उद्धार गरिएको छ भने यहाँका हजारौँ व्यक्ति बाढीबाट विस्थापित भएका छन्। अकस्मातको भारी वर्षाका कारण यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ। त्यसैगरी यहाँका धेरै क्षेत्रमा भौतिक संरचनाहरुमा पनि क्षति पुगेको बताइएको छ।
वर्षा नरोकिएकोले अझै सतर्क रहन स्थानीय प्रशासनहरुले सूचना जारी गरेका छन्। आवश्यक सहयोगका लागि ठूलो संख्याका उद्धारकर्मी र सेना परिचालन गरिएको बताइएको छ। रासस/एएनआई

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *