नेपाल अखबार, जनकपुर । जनकपुरमा एक महिलाले एकै पटकमा ४ वटा बच्चालाई जन्म दिएकी छन् । धनुषाको विदेह नगरपालिका–७ जोगियारा बस्ने २२ वर्षीया अरमाना खातुनले मंगलवार राति एकैपटक चार वटा बच्चालाई जन्म दिएकी हुन् ।
प्रसूतिका लागि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी अरमानाको स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सक सोनिया सिंहले शल्यक्रिया मार्फत ती बच्चाहरु निकालेकी थिइन् । डा. सोनिया सिंहले एकै पटकमा ४ वटा बच्चालाई जन्म दिनु ’दुर्लभ’ घटना रहेको बताइन् ।
अरमानाले ३ छोरी र १ छोरा जन्माएकी छन् । शिशुहरु मध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको काव्या अस्पतालले जनाएको छ । शिशुहरु मध्ये ३ वटाको स्वास्थ्य अवस्था समान्य रहेपनि एक शिशुको अवस्था भने अस्थिर देखिएको डाक्टर एसके सिंहले बताए ।
शिशुहरुको श्वासप्रश्वासमा कठिनाइ हुनसक्ने भएकाले केही साता विशेष स्वास्थ्य निगरानीमा अस्पतालमा राखिएको डा. सिंहले जानकारी दिए ।
यता एकै पटकमा ४ वटा बच्चाको जन्म दिएकी अरमानाको अवस्था गम्भीर छ । उनको फोक्सोमा पानी जमेर पलमनरी एडीमा देखिएकोले डा. अजय यादवको निगरानीमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको र कोरोना परीक्षणका लागि स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाला जनकपुरमा पठाइएको डा. एसके सिंह बताए ।
Nepal Akhabar > Blog > प्रदेश > प्रदेश २ > जनकपुरमा एक महिलाले जन्माइन् ४ वटा बच्चा
Reasonably than doing such works by yourself, it’s a better method to do online seek for a reputed tour and travel operator to explore the most fascinating locations or to ebook a holiday to Vietnam.
This web site may be a walk-through like the information you wanted relating to this and didn’t know who ought to. Glimpse here, and you’ll undoubtedly discover it.
Usually, there are a lot of unfulfilled orders.
United States National Arboretum.
What does disk defragmentation do?
December 31, 20XX, and the outcomes of its operations and its cash flows for the 12 months then ended in accordance with U.S.
Eckhardt, Nancy. “Evolution of Domesticated Bread Wheat.” American Society of Plant Biologists.
That’s greater longevity than the Model T and equal to the VW Beetle.