प्रशासनसमाचार

पाल्पाकी ६१ वर्षीया टिकासरीले पहिलो पटक पाइन् नागरिकता

नेपाल अखबार, पाल्पा ।  माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनीका ६१ वर्षकी टिकीसरा कामीले शुक्रबार पहिलो पटक नागरिकता प्राप्त गरेकी छन्।
तानसेन नगरपालिका वडा नम्बर ११ जुकीया जन्म घर भर्इ २०३५ साल मंसिर १ गते माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनी छोडिघाट बस्ने ओमबहादुर कामीसंग बिवाह गरेर आएकी उनी २०१६ साल असार २२ गते जन्मेकी थिइन् ।
टिकीसराको न त जन्मदर्ता नै थियो न त विवाह दर्ता नै ।
आफ्नो घरमा दाउरा पात खोजेर  बजारमा बेच्न ल्याउने र त्यसको  पैसाले घर गुजारा गर्दै आएकी उनलार्इ सामाजिक सुरक्षा भत्ता पाइने कुरा कसैले सुनाइ दिए पछि बल्ल नागरिकताको आवश्यकता बुझिन् उनले ।
उनका श्रीमानले पाएको अपाङ्ग भत्ताले चामल किनेर गुजारा गर्दै आएकी उनले जनप्रतिनिधिको सहायताले नागरिकता पाएकी छन् ।

the authoradmin

Leave a Reply