Friday, May 22

नेपालमा एकैदिन ५ हजार ८ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार देशभरमा थप ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ रहेको छ। उनका अनुसार आज देशभरमा संस्थागत आइसोलेनमा १३ हजार ६४५ जना रहेका छन्।
आज १९ हजार ३२० पीसीआर परीक्षण गरिएको थियो।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २२९ जना निको भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या ७४ हजार २५२ पुगेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *