Saturday, May 16

तनहुँमा एकैदिन पक्राउ परे २६ फरार प्रतिवादी

नेपाल अखबार,तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले शनिबार एकैदिन २६ फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वन, सम्बन्धविच्छेद, नाता कायम, गाली बेइज्जती, कुलोपानी, जारी, कुटपिट, लुटपिट, करकाप, मानसिक तथा शारीरिक हिंसा मुद्दाका प्रतिवादी छन्।
वन मुद्दामा नौ वर्षदेखि फरार ऋषिङ गाउँपालिका–५ पीपलटार बस्ने ५२ वर्षीय कुलबहादुर दरै पक्राउ परेका छन्। निजलाई जिल्ला अदालतले विसं २०६८ असार २३ गतेको फैसलाले पाँच महिना २६ दिन कैद र रु ३८ हजार २२० जरिमाना तोकेको थियो।
त्यस्तै प्रहरीले जारी, कुलोपानी, मानिसक तथा शारीरिक हिंसा र सवारी ज्यान मुद्दामा एक-एक, वन, नाता कायम, लुटपिट, करकाप, जालसाजी, लागुऔषध र गालीबेइज्जती मुद्दामा दुईदुई, कुटपिट मुद्दामा तीन तथा सम्बन्धविच्छेद मुद्दामा चार प्रतिवादीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।
पक्राउ परेकाहरूलाई ७० हजार १०४ रूपैयाँ जरिमाना र पाँच महिना २६ दिन कैद भुक्तानका लागि अदालत पेश गरिएको छ।
विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिमाना, दसौदी, कोर्ट फी र सरकारी बिगो तिर्न बाँकी भएका व्यक्तिको खोजीका लागि प्रहरीले अभियान चलाएको छ।
(रासस)

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *