अपराधसमाचारहाइलाइट-समाचार

नक्कली पत्रकार सक्कली पत्रकारको फेला परेपछि नक्कली पत्रकार जेलमा

कपिल पौडेल ,पोखरा । नक्कली पत्रकार सक्कली पत्रकारको फेला परेपछि नक्कली पत्रकार अहिले पोखरा रामबजार वडा प्रहरी कार्यलयको हिरास्तमा रहेका छन् । नेपालअखबार डट कमका सम्पादक जैनव खातुनलाई पोखरा वडा नम्बार १०मा रहेको उहाँको आफ्नो पसलमा बसि रहेको अवस्थामा तिन जना अपरिचित व्यक्तिले पत्रकार र आफुहरुसंग प्रशासन पहुच भएको भन्दै धम्कि दिएका थिए ।
धम्कि दिने व्यक्तिहरु पोखरा महानगर पालिका वडा नम्बार २६ वस्ने वर्ष ५६को टिकाराम अधिकारी, वर्ष २२को सुदिप तामाङ्ग र वर्ष ४५को नरेश राज भाट रहेका थिए ।
अहिले तिनै जना प्रहरी हिरासतमा रहेका छन् । रामबजार प्रहरीले आवश्यक अनुसन्धान गरि रहेको बताएको छ । म पत्रकार हुँ भन्दै सम्पादक जैनवलाई धम्कि दिने टिकराम अधिकारीले आफ्नो नजिकको मान्छे सिडियो रहेको बताउदै धम्कि दिएका थिए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले यस्ता नक्कली पत्रकारहरुले गर्दा पत्रकारीता पेशलाई वदनाम गर्ने जो कोहिलाई पनि नछाड्ने बताउनु भयो । अध्यक्ष भण्डारीले नक्कली पत्रकारले सक्कली पत्रकारलाई धम्कि दिनु दुखद् घटना भएकोले यस्ता घट्ना घटाउने जो कोहिलाई पनि कानुनी दायरामा ल्याउने बताउनु भयो ।
विस्तृत घटना विवरण
पसल अगाडि पार्किङ्गमा राखिएको स्कुटरलाई वाइकले ठक्कर दिएपछि सुरु भएको विवाद स्थानीय प्रहरीले मिलाएको थियो । विवाद मिलेको करिब ३ घण्टा पछि पसलमा वसिरहेको अवश्थामा तिन जना व्यतिहरु गुण्डागर्दि शैलिमा प्रवेश गरि प्रहरी प्रशासनमा पहुच भएको भन्दै आफुलाई पत्रकार बताउने ति अपराधिक मानसिकताका व्यक्तिहरुले प्रशासनमा लगेर दुख दिने भन्दै अभद्र शैलिमा धाक धम्कि दिए पछि विवाद सुरु भएर पत्रकार खातुनले जिल्ला प्रहारी कार्यलय कास्कीमा खबर गरेकी थिइन । कास्की प्रहरी निमित्त प्रमुख सुन्दर तिवारीले रामबजार प्रहरी निरिक्षकलाई निर्देषन दिए पछि । आज अपराधिक मानसिकताका तिनै जनालाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ ।

सम्पादक जैनवले यसरी आफु पत्रकार स्वयमलाई धम्कि दिने विरुद जाहेरी दिदै भनिन यस्ता नक्कली पत्रकारहरुले गर्दा समंग्र पत्रकार र समाजलाई असर परेको हुदा कार्वाहि हुन पर्ने माग राखिन् ।

 

the authoradmin