नेपालअखबार, काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले आफू कर्मचारी चलाउने पक्षमा नरहेको तर नियतमै खोट देखिए दण्डसहित कारबाहीगर्ने बताएका छन् ।
सहरी विकास मन्त्रालयकोआ. व. ०७८÷७९को वार्षिक प्रगति समिक्षातथाआ. व. ०७९÷८० को कार्यक्रमकार्यान्वयन सम्बन्धिकार्यक्रममाआयोजित३ दिने कार्यक्रममासमापनमन्तव्य राख्दै मन्त्रीचौधरीले भने, ‘मन्त्रीभएको ३८ दिनभयो । मेरो मूल्याङ्कनतपाइहरुले गर्नुभएकै होला । म कसैको चित्तदुखाउनचाहन्नँ । त्यसकारण म कर्मचारी चलाउने पक्षमा छैन । तर नियतमै खोट देखिएकारबाहीमात्रहोइन दण्डसहित कारबाहीगर्नुपर्ने हुनसक्छ ।’
मन्त्रालयका सचिव, सहसचिव,महानिर्देशक, आयोजनाप्रमुख, विभागीयप्रमूखसहित देशभरिबाट जम्माभएकाइन्जिनियर तथाकर्मचारीहरुलाई निर्देशनात्मकमन्तव्य राख्दै मन्त्रीचौधरीले दोहो¥याए, ‘हामी सबै सिस्टमबाट चल्नुपर्छ । सिस्टम क्रयाक गरेर देश बन्दैन । इमानदारीपूर्वक सिस्टममा रहेरकामग¥यौँ भने देश बन्न समय पनिलाग्दैन ।
नेताभएभन्दैमाजम्मै कुरा आइहाल्ने भन्ने नहुने बताएकामन्त्रीचौधरीले आफ्नाकामबारे सुझावदिन समेत आग्रह गरेकाथिए । उनले बेरुजु घटाउने, रुग्नआयोजनाहरुलाई पुरा गर्ने,विचविचमाआयोजनाकानाम परिवर्तन गर्ने जस्ता कुराहरु मूख्यचुनौती रहेको धारणा राखेकाथिए ।
सहरी विभागतथाभवननिर्माण विभागअन्तर्गत विभिन्न २१ आयोजनामध्येबाट ४ जनाउत्कृष्ट आयोजनाप्रमुखलाई मन्त्रीचौधरीले पुरस्कृत गरेका छन् । वित्तियतथाभौतिकप्रगति, बेरुजु फछ्र्यौट, रुग्नआयोजना घटाउने पहल, कार्यक्षमता जस्ता सुचाङ्ककाआधारमासहरी विकास तथाभवननिर्माण विभागकाउपमहानिर्देशकत्रयदिलिप भण्डारी, चक्रवर्ती कण्ठ र सुरेन्द्रमानश्रेष्ठको मुल्याङ्कन टोलीको सिफारिसमा पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेहरुमा सघन सहरी तथाभवननिर्माण आयोजनाकार्यालय चितवनकाप्रमुखप्रकाशअर्याल, रामेछापका आयोजनाप्रमुख सुरेश वाग्ले, संघीय आयोजनाकार्यान्वयनइकाइ कैलालीका प्रवीण शाह र धनुषाकाप्रदीपखनाल रहेका छन् ।
सहरी विकास मन्त्रालयअन्तर्गत रहेको सहरी विभागतथाभवननिर्माण विभागले आगामीआर्थिक वर्षको कार्यक्रमकार्यान्वयन सम्बन्धि २४ बुदे घोषणा पत्र समेत जारी गरेको छ ।
Nepal Akhabar > Blog > राजनीति > नियतमाखोट देखिए दण्डसहित कारबाहीः सहरी विकास मन्त्री मेटमणि चौधरी
नियतमाखोट देखिए दण्डसहित कारबाहीः सहरी विकास मन्त्री मेटमणि चौधरी
admin२०७९ श्रावण २१, शनिबार २१:३६ गते
posted on

