
नेपालअखबार,काठमाडौँ । निर्वाचन आयोगले आगामी संघ र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिँदा उम्मेदवारको सम्पत्ति विवरण लिने भएको छ । आइतबार आयोगले मिडियाका सम्पादकहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस्तो बताएका हुन् ।
उनका अनुसार उम्मेदवारले आवश्यक कागजातका साथमा सम्पत्ति विवरण बुझाउनु पर्ने भएको हो । उन भने, ‘उम्मेदवारी दर्ताकै क्रममा सम्पत्ति विवरण लिने, निर्वाचित भएपछि विवरण सार्वजनिक गर्ने र उम्मेदवारी दिएका व्यक्ति निर्वाचित नभए विवरण सार्वजनिक नगरी नष्ट गर्नेबारे आयोगले सोचेको छ ।’
यसबारे राजनीतिक दलहरूसँग छलफल भइरहेको आयोगको जनाएको छ ।

