Sunday, July 26

आज दल दर्ता गर्ने अन्तिम दिन

नेपालअखबार, काठमाडाैं । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन हो।

Advertisement

निर्वाचन आयोगले साउन २२ देखि साउन ३१ गतेसम्म दल दर्ता गराउन आह्वान गरेको थियो। प्रत्यक्षतर्फ र समानुपातिक तर्फ निर्वाचनमा भाग लिन दल दर्ता गराउनुपर्छ।

Advertisement
Advertisement

यो अवधिमा दल दर्ता नगर्नेले दलबाट चुनावमा भाग लिन पाउँदैनन्।

Advertisement

नेपाली कांग्रेसले आज दल दर्ता गर्दैछ।

मुख्यसचिव कृष्णप्रसाद पौडेललाई केन्द्रीय कार्यम्पादन समितिको गत शनिबारको बैठकले दल दर्ता गराउने जिम्मेवारी दिएको थियो।

अहिलेसम्म आयोगमा ६२ दल दर्ता भएको छ।

नेकपा एमालेले दल दर्ता गरिसकेको छ।

नेकपा माओवादी केन्द्रले पनि दल दर्ता गरिसकेको छ।