अर्थराजनीतिसमाचार

सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रतिनिधिसभाबाट पारित

नेपाल अखबार, काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले निर्णयार्थ पेश गर्नु भएको सो विधेयक बहुमतले पारित भएको हो । यस अघि श्रावण २९ गते आईतबार गणपूरक संख्या नपुगेकाले प्रतिनिधिसभाबाट सो विधेयक अगाडि बढन सकेको थिएन ।सार्वजनिक वित्त व्यवस्थापन गर्न र वित्तिय तथा मौद्रिक नीतिबीच सामञ्जस्यता कायम गर्दै आन्तरिक तथा बाह्य ऋणको व्यवस्थापन गर्न ऋण तथा जमानतसम्बन्धी कानुनी व्यवस्थालाई संशोधन र एकीकरण गरी समयानुकूल बनाउन सो विधेयक ल्याइएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले सो विधेयक प्रमाणित हुने वित्तिकै लागू हुने जानकारी समेत दिनु भयो । अव यो विधेयक राष्ट्रियसभामा जानेछ । र, त्यहाँबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कानुनको रुपमा लागू हुनेछ ।