अपराधसमाचार

श्रीमतीको हत्या आरोपमा झापामा एक जना पक्राउ

Nepal Akhabar

नेपालअखबार, झापा । झापाको झापा गाउँपालिकामा एक व्यक्ति श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा  झापा गाउँपालिका-६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दा रहेका छन् । उनले  शुक्रबार राति १०: १० बजे ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।श्रीमतीको हत्या गरी फरार भएका उनलाई आज बिहान ८ बजे नेपाल–भारत सीमा नजिकै कचनकवल–१ बाट पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

the authoradmin