विचारसमाचार

उद्योगी व्यवसायीहरुले मलाई जीताउनुहुनेछ’: सोबित पौडेल

पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशन विशेष…नेपालअखबार

सोबित पौडेल र डाँफे होटल ट्रेनिंग सेन्टर एकअर्काका पर्याय हुन् भन्दा फरक नपर्ला । कलेज पढ्ने बेला सोबित तत्कालिन पोखराको चल्तीको पाँचतारे होटल फूलबारीमा काम गर्थे । भर्खर २० बर्ष लागेको सोबित पौडेललाई त्यहि बेला लाग्यो, पोखरामा होटल सम्बन्धि ट्रेनिंग गर्ने एउटा सेन्टर चाहिन्छ भन्ने । र, २१ वर्षे कलिलै उमेरमा आफ्नै बलबुताले खोले, डाँफे होटल ट्रेनिंग सेन्टर ।दृढ ईच्छाशक्ति भएका सोबित आसन्न पोखरा उद्योग वाणिज्य संघको ३४ औँ अधिवेशनमा वाणिज्य तर्फको उपाध्यक्ष पदका लागि दाबेदार छन् । त्यसो त अन्य उम्मेदवारहरु प्यानल बनाएरै चुनावी मैदानमा होमिएको बेला, सोबित भने स्वतन्त्र रुपमा एक्लै चुनावी मैदानमा छन् ।

व्यवसायलाई विस्तार गर्ने र सफल बनाउने मामलामा सोबित सँधै अब्बल हुँदै आएका छन् । पछिल्लो सयम रियलस्टेट कम्पनीमार्फत उनले हाउजिंगमा हात हालेका छन् । सबैभन्दा पछिल्लो व्यवासायिक फर्ममा पनि उनी प्रभाव विस्तार गरिरहेका छन् । थुप्रै सामाजिक संघसंस्थाहरुमा पनि आबद्ध रहेका सोबित सामाजिक र व्यवसायिक पाटोलाई समानान्तर रुपमा अगाडि बढाउनमा पनि उत्तिकै सिपालु छन् । शालिन र मिलनसार स्वभाव अनि खरो व्यवस्थापकीय कौशलले नै उनलाई सफल बनाएको हो ।

दृढ ईच्छाशक्ति भएका सोबित आसन्न पोखरा उद्योग वाणिज्य संघको ३४ औँ अधिवेशनमा वाणिज्य तर्फको उपाध्यक्ष पदका लागि दाबेदार छन् । त्यसो त अन्य उम्मेदवारहरु प्यानल बनाएरै चुनावी मैदानमा होमिएको बेला, सोबित भने स्वतन्त्र रुपमा एक्लै चुनावी मैदानमा छन् । अघिल्लो पटकको उद्योग वाणिज्य संघको चुनावमा पनि सोबित यही पदका दाबेदार थिए । तत्कालिन समयमा उनका प्रतिस्पर्धी अर्जुन पोखरेलभन्दा उनले १ सय ४८ मत कम ल्याएर उपविजेता बने । यो पटक अर्जुन अध्यक्षको दाबेदार छन् । तर सोबित आफू भने जहाँ ढलेका थिए, त्यहि बाट उठ्ने प्रणसहित चुनावी प्रतिस्पर्धामा आएको बताउँछन् । उद्योग वाणिज्य संघमा प्रजातान्त्रिक पद्दतीको विकासका लागि आफूले उम्मेदवारी दिएको सोबितको तर्क छ ।

‘म उद्योग वाणिज्य संघमा मात्र जीतको लागि जान चाहेको हुँदै होईन, बरु केही गरेर देखाउने ठुलो सपना साँचेर जान लागेको हुँ ।’ सोबित भन्छन्-‘व्यवसायीहरुले मेरो कुरा बुझिदिनुहुनेछ भन्ने कुरामा म विश्वस्त छु ।’ अघिल्लो पटक सोबित वाणिज्य उपाध्यक्ष पदमा उठ्दै गर्दा १ हजार ९४ मत प्राप्त गरेका थिए ।

‘म उद्योग वाणिज्य संघमा मात्र जीतको लागि जान चाहेको हुँदै होईन, बरु केही गरेर देखाउने ठुलो सपना साँचेर जान लागेको हुँ ।’ सोबित भन्छन्-‘व्यवसायीहरुले मेरो कुरा बुझिदिनुहुनेछ भन्ने कुरामा म विश्वस्त छु ।’ अघिल्लो पटक सोबित वाणिज्य उपाध्यक्ष पदमा उठ्दै गर्दा १ हजार ९४ मत प्राप्त गरेका थिए । उनी चुनावी नतिजा आएपछि उपविजेता बने । तैपनि उनी पुनः सबै उद्योगी व्यवसायीको घरदैलोमा धन्यबाद दिन पुगेका थिए । र, व्यवसायीहरुले उनको त्यो कुरालाई औधी रुचाएका पनि थिए । ‘अहिले पनि व्यवसायीहरुको साथ र समर्थन म प्रति अत्याधिक नै देखिएको छ ।’ सोबितले भने -‘काम गर्न आएको मान्छे हुँ,त्यसैले उद्योगी व्यवसायीहरुले मलाई जीताउनुहुनेछ ।’

सोबित पौडेल तत्कालिन दामु अधिकारीको नेतृत्व आउने बेलामा कार्यसमिति सदस्य भएर उद्योग वाणिज्य संघमा काम गरिसकेका छन् । पछिल्लो समय रियल स्टेटतर्फ हात हालेका सोबितले पोखरा उद्योग वाणिज्य संघमा समावेशी र स्मार्ट व्यक्तिहरु आउनुपर्ने धारणा राख्छन् । र, सक्षम व्यक्तिलाई नै उद्योगी व्यवसायीहरुले छान्नुपर्ने उनको धारणा छ । स्वतन्त्र रुपमा उम्मेदवारी दिएका सोबितले कुनै पनि हालतमा यो पटक आफू वाणिज्य उपाध्यक्ष निर्वाचित हुने कुरामा आफू ढुक्क रहेको बताए ।

व्यवसायको शुरुवात भन्दा व्यवसाय संचालनको कुरा बढि जोखिमयुक्त हुन्छ । सानै उमेर भएपनि सोबित आफ्नो सोँचलाई साकार रुप दिन सफल भए । त्यहि व्यवसायमा स्थापित भए । र, त्यहि व्यवसायको आडमा आफ्नो ठुलो व्यवसायिक साम्राज्य खडा गरे । अहिले सोबित पोखराका युवा पिढीका व्यवसायीहरुमध्ये सबैभन्दा बढि सफल व्यवसायी हुन् भन्दा फरक नपर्ला । यो १५ बर्षको बीचमा उनले डाँफे होटल पनि खोले । सम्बन्धित क्षेत्रमा आफूलाई विस्तार गरिरहेका सोबितले होटलसँगै आफ्ना दाजुभाईहरुसँग मिलेर ८ बर्ष अगाडि कान्तिपुर टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज पनि संचालनमा ल्याए । त्यो भन्दा अगाडि उनकै नेतृत्वमा विन्दबासनीमा व्यवस्थित पार्टी प्यालेस पनि संचालनमा ल्याएको सोबितको अनुभव छ ।

सोबितले संचालन गरिरहेको डाँफे होटल ट्रेनिंग सेन्टरबाट हालसम्म २८ हजार भन्दा बढिले ट्रेनिंग लिईसकेका छन् । १० हजार भन्दा बढि विद्यार्थीहरु आफैँ व्यवसायी बनिसकेका छन् भने १४ हजार भन्दा बढि देश र विेदेशका होटल रेस्टुरेन्टहरुमा काम गरिरहेका छन् । २१ वर्षमा भर्खरै कलेज पढ्दै गर्दा शुरु गरेको व्यवसायसँगै उनले पढाईमा पनि उत्तिकै ध्यान दिए । व्यवस्थापनका विद्यार्थी सोबितले स्नातकोत्तर तहसम्मको पढाई सकाएका छन् ।