शिक्षासमाचार

विदेशमा पढ्न जानुअघि किन चाहिन्छ विशेषज्ञको सही परामर्श?

नेपालअखबार, । पछिल्लो समय अन्तर्राष्ट्रिय शिक्षाका लागि विदेश जाने विद्यार्थीहरू बढिरहेका छन्। अन्तर्राष्ट्रिय डिग्री, एक्सपोजर, नेटवर्किङ अवसर र गुणस्तरीय शिक्षाका लागि धेरै विद्यार्थी विदेशी अध्ययनमा आकर्षित हुन्छन्।

कोही विदेश गएर उतै बसोबास गर्छन् भने कोही अन्तर्राष्ट्रिय शिक्षा हासिल गरेर स्वदेश फर्किन्छन्।

अन्तर्राष्ट्रिय शिक्षा हासिल गरी स्वदेश फर्किनेमध्ये एक हुन् पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ।

माकुसे कम्पनीको प्रमुख कार्यकारी अधिकृत समेत रहेकी उनले अस्ट्रेलियाबाट उच्च शिक्षा हासिल गरेकी छन्। सन् २०१७ मा फर्केकी उनले मिस नेपालको यात्रासँगै आफ्नै व्यवसाय थालिन्। विदेशमा अध्ययन गरेर फर्किदा त्यहाँबाट शिक्षा, दक्षता र अवसर लिएर फर्किएको उनी बताउँछिन्।

‘विदेश पढेर नेपाल फर्किँदा मलाई चश्मा लाएर फर्किएको जस्तो लाग्यो। यहाँ आएर अवसरहरू अझै राम्ररी चिन्न पाएँ,’ आफ्नो अनुभव सुनाउँदै अनुष्काले भनिन्, ‘पहिला आफूले के पढ्ने छनोट गरेपछि, सही परामर्श पायो भने राम्रो करिअर ‍बनाउन सकिन्छ।’

नेपालबाट उच्च शिक्षाका लागि अस्ट्रेलिया, अमेरिका, क्यानडा, युके, न्युजिल्यान्ड र आयरल्यान्ड जस्ता देश जाने धेरै विद्यार्थी छन्। तर राम्रो परामर्श र सरसल्लाह दिने कन्सल्टेन्सीको अभाव भइरहेको हुन्छ।

उच्च शिक्षाको परामर्शका लागि पचास वर्ष लामो इतिहास बोकेको ‘आइडिपी एजुकेसन नेपाल’ राम्रो रोजाइ हुन सक्छ। आइडिपीको अंग्रेजी भाषा परीक्षण परीक्षाका रूपमा चर्चित ‘आइइएलटिएस’मा समेत स्वामित्व छ।

कम्पनीले आठ सयभन्दा धेरै युनिभर्सिटी र कलेजसँग समन्वय गरेको हुनाले विद्यार्थीलाई पढ्नका लागि धेरै विकल्प र अवसर हुने आइडिपी नेपालका कन्ट्री डिरेक्टर अभिषेक श्रेष्ठले बताए।

‘हामीले दक्ष काउन्सिलरमार्फत् निःशुल्क परामर्श सेवा प्रदान गर्दै आएका छौं,’ श्रेष्ठले भने, ‘आइडिपी लाइभ एपबाट पनि विद्यार्थीले पाठ्यक्रमहरू सर्टलिस्ट गरेर आफ्नो लागि उचित कोर्स र युनिभर्सिटी छनोट गर्न सक्छन्।’