खेलकुदसमाचार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा २ सय ४८ पदक सहित आर्मी शिर्ष स्थानमा

Nepal Akhabar

नेपालअखबार, पोखरा  । गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो अग्रता बनाएको छ । हालसम्म ९ सय १६ पदकको छिनोफानो हुँदा आर्मीले ११४ स्वर्ण, ७६ रजत र ५८ कास्य पदक सहित कुल २४८ पदक हात पारिसकेको छ । दोस्रो स्थानमा विभागीय टिम नेपाल पुलिस क्लब रहेको छ । पुलिसले ४५ स्वर्ण, ४१ रजत र ४९ कास्यपदक सहित १३५ पदक जितेको छ।
अर्को विभागीय टिम एपीएफले ३७ स्वर्ण, ४३ रजत र ६६ काँस्य पदक सहित कुल १४६ पदक हात परेको छ ।
यसैगरी गण्डकी प्रदेशले २४ स्वर्ण, २३ रजत र ३९ कास्य पदक सहित ८६ पदक जित्दा बागमती प्रदेशले १९ स्वर्ण, ३३ रजत र ४३ कास्य सहित कुल ९५ पदक आफ्नो पोल्टामा पारेको छ ।
यता एनआरएनएले १० स्वर्ण, ७ रजत ६ कास्य सहित २३ पदक, सुदुर पश्चिम प्रदेशले ८ स्वर्ण, ४ रजत, २४ कास्य सहित ३६ पदक, प्रदेश १ ले ५ स्वर्ण २० रजत र ३४ कास्य सहित ५९ पदक, मधेश प्रदेशले ५ स्वर्ण, ७ रजत र २० कास्य पदक सहित ३२ पदक जितेका छन्।
त्यसैगरी,लुम्बिनी प्रदेशले ३ स्वर्ण, १५ रजत र २६ कास्य सहित ४४ र कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत, ९ कास्य पदक सहित १२ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। प्रतियोगिता अन्तरगतका खेलहरु जारी रहेका छन् ।

भारत्तोलन नेपाल पुलिस १२ स्वर्णसहित च्याम्पियन

विभागीय नेपाल पुलिस क्लब १२ स्वर्ण जित्दै भारत्तोलन प्रतियोगितामा च्याम्पियन बनेको छ ।
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत २० स्वर्णसहित ६० पदकका लागि भएको प्रतिस्पर्धामा पुलिस सर्वाधिक १२ स्वर्ण र ७ रजत गरी कुल १९ पदक जित्दै च्याम्पियन बनेको हो ।
दोस्रो स्थानमा अर्को विभागीय क्लब त्रिभुवन आर्मी रह्यो । आर्मीले ४ स्वर्ण, ४ रजत र ५ कास्य पदक हात पा¥यो ।
सुदूरपश्चिमले ३ स्वर्ण र ३ कास्य जित्दा एपिएफले १ स्वर्ण, ६ रजत र २ कास्य भित्र्यायो । मधेश प्रदेशले १ रजत र ७ कास्य जित्यो ।
घरेलु टोली गण्डकी प्रदेश १ रजत र १ कास्यमा सीमित बन्यो । बागमती प्रदेशले १ रजत र लुम्बिनी प्रदेशले २ कास्य पदकमात्र जित्न सके ।
पोखरा उद्योग वाणिज्य संघमा भएको प्रतियोगितामा विभागीय ३ र ७ वटा प्रदेश गरी १० टिमले भाग लिएका थिए ।
जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका थिए । तीमध्ये महिला तथा पुरुषतर्फ १०÷१० इभेन्टमा खेल भएको हो । भारत्तोलन नेपालका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पदक दिलाउने सम्भावित खेलभित्र पर्दछ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अवधिभर विभिन्न कीर्तिमानी समेत बने ।
बुधबार साँझ समापनमा विजेतालाई राखेप उपाध्यक्ष शिव कोइराला, नेपाल भारत्तोलन संघ अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस), पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष पवनकुमार प्रजापति लगायतले पुरस्कार वितरण गरेका थिए ।

यसैबीच, अन्तिम दिन बुधबार ६ स्वर्णका लागि भएको प्रतियोगितामा पुलिसले थप ४ स्वर्ण जितेको हो । एपिएफले १ र सुदूरपश्चिमले १ स्वर्ण जिते ।
पहिलो खेल महिला ८७ केजी तौल समूहमा एपिएफकी नीशा बलालले स्वर्ण जितिन् । उनले स्न्याचमा ६२ र क्लीन एण्ड जर्कमा ७७ गरी कुल १३९ केजी भार बहन गर्दै एपिएफलाई पहिलो स्वर्ण दिलाएकी हुन् ।
नेपाल पुलिसकी जयन्ती श्रेष्ठले स्न्याचमा ६३ र क्लीन एण्ड जर्कमा ७४ गरी कुल १३७ केजी भार बहन गर्दै रजत जितिन् भने नेपाल आर्मीकी अस्मिता राई कास्यमा सीमित भइन् । उनले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १२५ केजी भार उठाएकी हुन् ।
महिला ८७ केजी माथि नेपाल पुलिसकी विद्या राईले स्न्याचमा कीर्तिमान कायम गरिन् । ८७ केजी माथि तौल समूहमा उनले स्न्याचतर्फ ७६ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १६४ केजी भार बहन गर्दै स्वर्ण जितेकी हुन् । स्न्याचमा यसअघि ७५ केजीको कीर्तिमान रहेकोमा विद्याले १ केजी बढी भार बहन गरेको रेफ्री सञ्जय महर्जनले जानकारी दिए । यस्तै, एपिएफकी शिखा थापाले रजत र गण्डकीकी सिन्जल गुरुङले कास्य जितिन् । शिखाले स्न्याचतर्फ ४० र क्लीन एण्ड जर्कमा ५३ गरी कुल ९३ केजी भार बहन गरेकी हुन् भने गण्डकीलाई पहिलो कास्य दिलाउन सिन्जलले स्न्याचमा ४० र क्लीन एण्ड जर्कमा ५० सहित ९० केजी भार उठाएकी हुन् । घरेलु टोली गण्डकीले यसअघि रजत जितेको थियो ।
पुरुष ९६ केजी तौल समूहमा नेपाल पुलिसका विशालसिंह बिष्टले क्लीन एण्ड जर्कमा राष्ट्रिय कीर्तिमान भंग गर्दै स्वर्ण जिते । उनले स्न्याचमा १२० र क्लीन एण्ड जर्कमा १६१ गरी कुल २८१ तौल भार उठाउँदै स्वर्ण जितेका हुन् । एपिएफका तिलकबहादुर थापाले रजत जित्दा मधेश प्रदेशका संजय यादवले कास्य जिते ।
पुरुष १०२ केजी तौल समूहमा नेपाल पुलिसका सन्देश गुरुङले स्न्याचमा कीर्तिमान कायम गर्दै स्वर्ण जिते । उनले स्न्याचमा ११३ केजी भार उठाएका हुन् । उनले क्लीन एण्ड जर्कमा १३९ सहित कुल २५२ केजी भार उठाए । एपिएफका रणबहादुर नगरकोटीले स्न्याचमा ११२ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेकोमा लगत्तै सन्देशले १ केजी बढी भार बहन गर्दै भंग गरिदिएका हुन् । नगरकोटीले क्लीन एण्ड स्न्याचमा १३८ सहित कुल २५० केजी भार उठाउँदा कास्य जितेका मधेशका उज्ज्वलकुमार मिश्रले कुल १९४ भार उठाए । उनले स्न्याचमा ८४ र क्लीन एण्ड जर्कमा ११० केजी भार बहन गरेका हुन् ।
पुरुष १०९ केजी तौल समूहमा सुदूरपश्चिमका सुवास उपाध्यायले स्वर्ण जिते । उनले स्न्याचमा ११२ र क्लीन एण्ड जर्कमा १४० गरी कुल २५२ केजी भार बहन उठाउँदै स्वर्ण जितेका हुन् । नेपाल पुलिसका राजीव महर्जनले स्न्याचमा ११३ र क्लीन एण्ड जर्कमा १२५ गरी कुल २३८ केजी भार उठाउँदै रजत जिते । मधेशका एम.आशीक हुसेनले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा ११६ गरी कुल १९६ केजी भार बहन गरी कास्य जिते ।
यस्तै, पुरुष १०९ केजी माथि तौल समूहमा नेपाल पुलिसका सागर भण्डारीले स्वर्ण जिते । उनले स्न्याचमा ११५ र क्लीन एण्ड जर्कम १३५ गरी कुल २५० केजी भार उठाए । आर्मीका पुकार गुरुङले स्न्याचमा ११५ र क्लीन एण्ड जर्कमा १२० गरी २३५ केजी भार उठाउँदै रजत जिते । कास्य जितेका मधेशका प्रतापकुमार चौधरीले कुल १८५ भार उठाए । उनले स्न्याचमा ७५ र क्लीन एण्ड जर्कमा ११० केजी उठाएका हुन् ।

सफ्ट टेनिसतर्फ मेन्स टिम इभेन्टसका सेमिफाइनल खेल सम्पन्न

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बुधवार सफ्ट टेनिसतर्फ मेन्स टिम इभेन्टसका सेमिफाइनल खेलहरु सम्पन्न भएका छन् ।
पोखरा रंगशाला स्थित टेनिस कोर्टमा भएको उक्त प्रतियोगिता अन्र्तगत प्रदेश नं. १ ले लुम्बीनी प्रदेशलाई २–० को सोझो सेटले पराजित गरी फाइनल पुगेको हो ।
त्यस्तै अर्को खेलमा नेपाल पुलिसले वाग्मती प्रदेशलाई २–१ को सेटमा पराजित गरी फाइनलमा पुगेको छ ।

फाइनलमा पुगेका यि टोली बीच बिहीवार विहान ९ बजे स्वर्णका लागि प्रतिष्पर्धा हुने प्रमुख प्रशिक्षक दिषयन्त थापाले जानकारी दिए ।

जुडोः आर्मीले थप्यो ४ स्वर्ण, पुलिसले ३

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलको दोस्रो दिन नेपाल आर्मीले ४ स्वर्ण थपेको छ । ७ इभेन्टमा बुधबार नयाँ बजारको प्रदर्शनी केन्द्रमा खेल भएको थियो ।
दोस्रो दिनमा आर्मीले महिला पुरुषमा २÷२ स्वर्ण जितेको हो । नेपाल पुलिस क्बलले ३ स्वर्ण जितेको छ । पुलिसका महिला खेलाडीले १ र पुरुष खेलाडीले २ स्वर्ण जितेका हुन् ।
८१ केजीमुनी तौल समुहमा नेपाल आर्मीका जगनबहादुर सारुले स्वर्ण जितेका छन् । नेपाल पुलिस क्बलका मधु रोका मगरले रजत प्राप्त गरे भने वाग्मती प्रदेशका सञ्जय महर्जन र सुदुरपश्चिम प्रदेशका योगेन्द्र विष्टले कास्य पदकमा चित्त बुझाएका हुन् ।
९० केजीमुनी तौल समुहमा नेपाल पुलिसका मनिष महतोले स्वर्ण पदक जितेका छन् । नेपाल आर्मीका सुजन गुरुङले रजत पदक जित्दा मधेश प्रदेशका गुड्डुकुमार शाह कानु र सुदुपश्चिमका सुरेश गिरीले काँस्यमा चित्त बुझाए ।
१०० केजीमुनी तौल समुहमा आर्मीका रमेशबहादुर चन्दले स्वर्ण जितेका हुन् । उनीसँग फाइनलमा पराजित भएका मधेश प्रदेशका हिमान्शु गुप्ताले रजत पाए । नेपाल पुलिसका श्रीराम मकाजु र प्रदेश १ का निश्चल राईले काँस्य प्राप्त गर्न सफल भएका छन् ।
१०० केजीमाथी उमेर समुहमा नेपाल पुलिस क्बलका राजन जोशीले स्वर्ण पदक जितेका छन् । आर्मीका रन्जेश गोलेले रजत पदक जिते भने वाग्मतीका आदित्य दाहाल र लुम्बिनीका प्रनितजंग सिंहले काँस्यमा चित्त बुझाए ।
७० केजीमुनी तौल समुहमा नेपाल आर्मीकी पुनम श्रेष्ठले स्वर्ण पदक प्राप्त गरेकी छन् । पुनमसँग पराजित वाग्मती प्रदेशकी रञ्जना खड्काले रजत पदकमा चित्त बुझाइन् । नेपाल पुलिस क्लबकी रजनी मगर र प्रदेश १ की सुमन्ता राईले काँस्य पदक प्राप्त गरेका छन् ।
७८ केजीमुनी तौल समुहमा नेपाल पुलिसकी दिपा गुरुङले स्वर्ण जित्दा आर्मीकी निर्मला घर्ती मगरले रजतमा चित्त बुझाइन् । लुम्बिनीका शुसिलाकुमारी चौधारी र सम्झना चौधरीले काँस्य जितेका छन् ।
७८ केजीमाथि उमेर समुहमा नेपाल आर्मीकी आकृति जोशीले स्वर्ण पदक हात पार्दा नेपाल पुलिसकी पुजा राजवंशीले रजत पदक जितिन् । नेपाल पुलिसकी भावना घर्ती मगर र वाग्मतीकी अस्मिता गोलेले काँस्यमा चित्त बुझाए ।
मंगलबार ७ स्वर्णको छिनोफानो भएकोमा आर्मीले ४ स्वर्ण जितेको थियो । नेपाल पुलिस क्लबका खेलाडीले आर्मीलाई पछ्याउदै ३ स्वर्ण पदक प्राप्त गरेका थिए । कुल ८ स्वर्ण जितेको आर्मी च्याम्पियन हुने निश्चित छ । किनकी अब विहीबार मिक्स टिम इभेन्टको एक खेल हुनेछ ।
हालसम्म नेपाल आर्मीले ८ स्वर्ण, ६ कास्य र ३ रजत पदक जितेको छ । पुलिसले ६ स्वर्ण, ३ रजत र ८ कास्य प्राप्त गरेको छ । वाग्मती प्रदेशले २ रजत र ६ कास्य जित्यो । लुम्बिनीले १ रजत र ३ कास्य जितेको छ । मधेशले १ रजत र २ कास्य जितेको छ । एपिएफले १ रजत, प्रदेश नम्बर १ र सुदुरपश्चिमले २÷२ कास्य जित्दा कर्णाली र एनआरएनएले १÷१ कास्यमा चित्त बुझायो । घरेलु मैदानमा भएको नवौंको जुडोतर्फ गण्डकीले हालसम्म खाता खोल्न सकेको छैन् ।

the authoradmin