प्रशासनसमाचार

जुम्लामा कात्तिक २० देखि मदिरा बिक्रीमा रोक

नेपालअखबार,  जुम्ला। जुम्लामा ४ मङ्सिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि २० कात्तिकदेखि नै मदिरा बिक्रीमा रोक लगाइएको छ । जिल्लामा निर्वाचन आचारसंहिता पालनाको विषयमा छलफल गर्न बसेको सर्वपक्षीय बैठकले २० कात्तिकदेखि मतगणना नसकिउन्जेलसम्म मदिरा बिक्री रोक्ने निर्णय गरेको हो ।

शान्ति सुरक्षा कायम गर्न मदिरा बेचबिखन तथा सेवन रोक्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमीला रिजालले जानकारी दिइन् । उनका अनुसार चन्दननाथ नगरपालिकाको कृष्ण मन्दिर र जिल्ला प्रशासन कार्यालय आसपासका क्षेत्रमा आमसभा, नारा जुलुस, भीडभाड लगायतका गतिविधिमा रोक लगाइएको छ । ४ मङ्सिरको निर्वाचनका लागि मतपत्रबाहेक सबै ५४ प्रकारको सामग्री जिल्लामा आइसकेको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिए । उनका अनुसार मतपेटिका पनि ल्याइसकिएको छ ।

the authoradmin