अपराधसमाचार

हेटौंडामा फोहर फाल्ने ठाउँमा भेटियो सालनाल सहितको शिशु

Nepal Akhabar

२५ कात्तिक, हेटौडा उपमहानगरपालिकाले फोहोर जम्मा गरि फाल्ने स्थानमा बोराभित्र प्याक गरिएको अवस्थामा सालनाल सहितको मृत शिशु फेला परेका छन् ।

ना ४ त २६९८ नम्बरको ट्याक्टरले हेटौंडाको विभिन्न स्थानहरुबाट जम्मा गरि ल्याएको फोहरमा मृतक शिशु फेला परेको प्रहरीले जनाएको छ ।हेटौंडा–१० राप्ति खोला छेउमा कुहिने फोहर र नकुहिने फोहर छुट्याउने क्रममा आज बिहान ८ बजेको समयमा नगरपालिकाको कर्मचारीले बोरा भित्र प्याक गरिएको अवस्थामा शिशुको शव भेटाएपछि प्रहरीलाई खबर गरेका थिए ।

शिशुको शबलाई हेटौंडा अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

the authoradmin