Sunday, May 10

हिमाली जिल्ला मुगुमा कांग्रेसका शाही निर्वाचित

नेपालअखबार, मुगु। हिमाली जिल्ला मुगुको प्रतिनिधिसभा तर्फको अन्तिम नतिजा आएको  छ। जस अन्तर्गत गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका ऐनबहादुर शाहीले निर्वाचित भएका छन् । आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका राजबहादुर कार्कीलाई ३ हजार ९९४ मतान्तरले पराजित गर्दै शाही निर्वाचित भएका हुन् ।

शाहीको पक्षमा १४ हजार ७०२  मत आउँदा कार्कीको पक्षमा १० हजार ७०८ मत आएको छ ।  योसँगै कर्णालीमा प्रतिनिधि सभाको नतिजा आउने क्रम सकिएको छ । जसमा नेपाली कांग्रेसले ४ र माओवादीले ४, समाजवादीले ३ र राप्रपाले एक सिट जितेको छ । यस्तै नेकपा एमाले भने प्रतिनिधि सभामा शून्य भएको छ ।

Advertisement