Monday, June 29

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

नेपालअखबार, तनहुँ। तनहुँमा मोटरसाइकल दुर्घटनामा परेर आज एक युवकको मृत्यु भएको छ।

घिरिङ गाउँपालिका–१ पुटारका २२ वर्षीय सुनिल दरैको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो।

Advertisement

जगौलिटारस्थित कच्ची सडकमा बनटारबाट पुटारतर्फ जाँदै गरेको लु ३९ प ५०९७ नंको मोटरसाइकल अनियन्त्रित भई सडकदेखि ५० मिटर तल खस्दा दरैको मृत्यु भएको हो। दुर्घटनामा परी सख्त घाइते दरैको सेतीगङ्गा अस्पताल बेलचौतारामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

मोटरसाइकलमा सवार सोही वडाका २१ वर्षीय खुमबहादुर राना र २१ वर्षीय रामबहादुर कुमाल गण्डकी मेडिकल अस्पताल पोखरामा उपचार गरी घर फर्किका प्रहरीले जनाएको छ। रासस