Friday, April 24

स्याङ्जा-२ मा नेपाली कांग्रेसका उम्‍मेदवार गुरुङ २ हजार २३९ मतान्तरसहित अग्रस्थानमा

नेपालअखबार,  स्याङ्जा। स्याङ्जा-२ मा नेपाली कांग्रेसका उम्‍मेदवार धनराज गुरुङले नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालसँग मतान्तर जोगाइरहेका छन् ।

गुरुङ २ हजार २३९ मतान्तरसहित अग्रस्थानमा छन् ।

Advertisement

गुरूङले १५ हजार ८०५ मत प्राप्त गर्दा अर्यालले १३ हजार ५६६ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका टिकबहादुर गुरुङले ५ हजार ९९२ मत प्राप्त गरेका छन् ।स्याङ्जा-२ मा ७० हजार १९१ मत खसेकोमा हालसम्म ३६ हजार ९७६ मतगणना सम्पन्न भएको छ ।