Uncategorized

अनेमसंघ समाजवादीद्वारा लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत सचेतना तथा विरोध प्रदर्शन

नेपालअखबार, काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) निकट अखिल नेपाल महिला संघ ( समाजवादी ) ले शुक्रबार लैंगिक हिंसा विरुद्धको अभियान अन्तर्गत सचेतना तथा विरोध प्रदर्शन  कार्यक्रम गरेको छ  ।

31670599041.jpg

 

एकीकृत समाजवादी अन्तर्गतका सबै जन सङ्गठनहरूको सहभागितामा बानेश्वर स्थित शान्ति वाटीकामा भेला भएर र्याली सहित शान्ति बाटिका परिक्रमा पछि कार्यक्रम गरेको हो ।  २५ नोभेम्बर वाट १० डिसेम्बर सम्म सञ्चालित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय  अभियान अन्तर्गत अनेमसंघको आयोजनामा भएको कार्यक्रममा लैंंसा न्युनिकरणका लागि सरकार र सरोकारवाला पक्षले खेल्नुपर्ने भूमिकाको बारेमा बक्ताहरुले सम्बोधन गरेका थिए ।

41670599042.jpg

कार्यक्रमका बक्ताहरुले नेपालको सन्दर्भमा बनेका ऐन नियम र कानुन कार्यान्वयनमा चुनौति रहेको भन्दै अहिले पनि विभिन्न खाले लैंगिक तथा यौनजन्य हिंसाका घटनाहका कारण महिलाहरु बढी पिडित भएको बताउनु भएको थियो ।

21670599035.jpg

कार्यक्रममा  अखिल नेपाल महिला संघ  समाजवादीकी केन्द्रीय अध्यक्ष जयन्ती राई, नेकपा एकीकृत समाजवादीका उममहासचिव तथा मोर्चा फाँट प्रमुख डा विजय पौडेल र प्रदेश सभामा प्रत्यक्ष निर्वाचित काठमाडौ १० (ख) का माननिय सभाषद रमा आले मगरले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा सबै  जनसङ्गठनहरूले आ आफ्नो ब्यानर सहित सहभागि भएका थिए ।

the authoradmin