Friday, July 10

आज पोखरामा जहाज दुर्घटना: सनाखत नभएका शव काठमाडौं ल्याइने

नेपालअखबार, पाेखरा। पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव मंगलबार हेलिकप्टरबाट काठमाठौँ ल्याइने भएको छ।

Advertisement

दुर्घटनामा परेकामध्ये हालसम्म ७० जनाको शव फेला परेकामा पहिचान भएको २४ जनाको शव पोखरामा परीक्षण गरिने र बाँकीको नेपाली सेनाको हेलिकप्टरबाट मंगलबार बिहान ८ बजे काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा थप परीक्षणका लागि लगिने कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए।

Advertisement
Advertisement

उनकाअनुसार आफन्तबाट पहिचान भएका शवहरु पोखरामा नै शवपरीक्षण गरी परिवारलाई हस्तान्तरण गरिने छ।

Advertisement

पहिचान हुन नसकेका शवको हवाई दुर्घटनाको अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार मृतकको शरीरको भिसेरा र डिएनए परीक्षण लगायतका अन्य आवश्यक प्रक्रिया पूरा गरेर मात्र हस्तान्तरण गर्न सकिने राय काठमाडौँबाट गएका फरेन्सिक विभागका चिकित्सकहरुले दिएका छन्।

शव काठमाडौं ल्याउन सोमबार सेनाको हेलिकप्टर पोखरा पुगेको थियो।