खेलकुदविश्वसमाचार

साउदी सुपर कपबाट रोनाल्डो आवद्ध नसर बाहिरियो

Nepal Akhabar

नेपालअखबार, काठमाडौं  स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो आवद्ध अल नसर साउदी सुपर कपको सेमिफाइनलबाट बाहिरिएको छ । बिहीबार राति अल इतिहादसँग ३–१ गोल अन्तरले पराजित हुँदै नसर प्रतियोगिताबाट बाहिरिएको हो । रोनाल्डो सम्मिलित नसर पहिलो हाफमा नै २–० गोल अन्तरले पछि परेको थियो ।

खेलको १५ औं मिनेटमा इतिहादका लागि रोमारिन्होले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ५३ औं मिनेटमा अब्देराजाक हाम्दाल्लाहले गोल गर्दै इतिहादको अग्रता दोब्बर पारे । खेलको ४७ औं मिनेटमा नसरका लागि टालिस्काले गोल गर्दै टिमलाई २–१ गोलको अवस्थामा ल्याए । खेलको इन्जुरी समयमा महन्नद अल शानक्विटीले इतिहादका लागि गोल गर्दै टिमलाई ३­–१ गोल अन्तरले जित दिलाए ।

the authoradmin