अर्थप्रदेश ४समाचार

महाकाली सहकारीको ८ औं साधारणसभा सम्पन्न

महाकाली बचत तथा ऋण सहकारी संस्थाको ८ औं साधारण सभा सम्पन्न भएको छ । गोरखा नगरपालिका १३ मा रहेको सहकारीमा ३ सय ९० जना महिला शेयर सदस्य रहेका छन् ।
सहकारीकी अध्यक्ष मित्रा परियारको अध्यक्षतामा भएको सभामा गोरखा नगरपालिका उपप्रमुख विनाकुमारी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
साधारणसभाकै अवसरमा सहकारीमा आवद्ध उद्यमशिल ४ जना महिला सम्मानित भएका छन् ।
सम्मानित हुनेमा दिलमाया गुरुङ, राधा आले, टिका अधिकारी र तेज कुमारी गुरुङ रहेका छन् ।
सभामा उपप्रमुख श्रेष्ठ, वडाध्यक्ष हरी बहादुर खनाल, वडासदस्य पूर्णिमा दराई, रामशाह टोल विकास संस्थाका अध्यक्ष मिन बहादुर गुरुङ लगायते बोलेका थिए ।
कार्यक्रममा संस्थाका गतिविधीका बारे सचिव राजकुमारी भण्डारी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष पवित्रा भुजेलले प्रस्तुत गरेका थिए ।

the authoradmin

Leave a Reply