राजनीतिसमाचार

बालुवाटार पुगेर चित्रबहादुर केसीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन पत्र

Nepal Akhabar

नेपालअखबार, काठमाडाैं ।  राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन्।

पार्टीका नेताहरूसहित केसी ज्ञापन पत्र बुझाउन बालुवाटार पुगेका थिए।

गणतन्त्र, संघीयता, राष्ट्रियता र जनजीविकाका विभिन्न विषय समेटेर प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन राष्ट्रिय जनमोर्चाले ज्ञापन पत्र बुझाएको हो।

राष्ट्रिय जनमोर्चाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारलाई समर्थन गरेको छैन। गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मतका लागि राखेको प्रस्तावमा जनमोर्चाले विपक्षमा मत दिएको थियो।

तर गत मंसिरमा भएको चुनावसम्म राष्ट्रिय जनमोर्चा तत्कालीन सत्ता गठबन्धनमै थियो।

the authoradmin